सुदूरपश्चिममा तीन सुरक्षाकर्मी र एक स्वास्थ्यकर्मी संक्रमित भेटिए - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

सुदूरपश्चिममा तीन सुरक्षाकर्मी र एक स्वास्थ्यकर्मी संक्रमित भेटिए



काठमाडौं- सुदूरपश्चिममा पहिलोपटक सुरक्षाकर्मी संक्रमित भएका छन् सेती प्रादेशिक अस्पताले सोमबार जारी गरेको सुचनामा कोरोना पुष्ठि भएका ३७ जना मध्ये ३ जना प्रहरी कञ्चनपुरमा कार्यरत प्रहरी रहेको बताइएको छ ।

दुई जना महिला र एक जना पुरुष गरी ३ जना प्रहरीमा कोरोना पोजिटिभ भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गड्डाचौकीमा भारतबाट आउने नेपालीहरुको समन्वयका लागि खटिएको दुई जना र क्वारेन्टिन सुरक्षार्थ खटिएको एक जनालाई कोरोना पोजिटिभ भएको प्रहरीले जनाएको छ । अहिले क्वारेन्टिन सिल गरिएको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरुलाई अहिले महेन्द्रनगरस्थित आईसीएचको आइसोलेसनमा राखिएको छ।

यस्तै एक जना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् । संक्रमित स्वास्थ्यकर्मी कञ्चनपुरको पुनर्वास नगरपालिका–५ मा रहेको त्रिभुवनबस्ती स्वास्थ्य चौकीमा कार्यरत रहेको बताइएको छ ।

स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकीले सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको छ।

कोरोनाको उच्च जोखिममा रहेकाले सबैको स्वाब संकलन गर्ने प्रक्रिया भइरहेको र नतिजा नआउँदासम्म स्वास्थ्य चौकीका सेवा बन्द गरिएको स्वास्थ्य चौकी प्रमुख गजेन्द्र विष्टले बताए। कञ्चनपुरको पुनर्वासमा दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ।