संसदबाटै मागियो अर्थमन्त्री खतिवडाको राजीनामा - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

संसदबाटै मागियो अर्थमन्त्री खतिवडाको राजीनामा



काठमाडौं- संसदमै अर्थमन्त्री युवराज खतिवडाको राजिनामा मागिएको छ । विद्युतीय गाडीमा भन्सार बढाएर चलखेल गरेको भन्दै अर्थमन्त्रीको राजीनामा मागिएको हो ।

मंगलबार नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले विद्युतीय गाडीमा अर्बौं घोटाला भएको अवस्थामा अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे ।

‘रेल दुर्घटनामा भारतीय रेलमन्त्री लालबहादुर शास्त्रीले राजीनामा दिए, विदेशी बैंकमा डलर जम्मा गरेका कारण नेपालका अर्थमन्त्री रामशरण महतले राजीनमा दिएका थिए, यो विद्युतीय गाडीमा अर्बौं घोटाला भएको छ, अर्थमन्त्रीले राजीनामा दिनुपर्छ । किन राजीनामा नदिनुभएको ?’ सुवालको प्रश्न थियो ।

उत्तरमा खतिवडाले यसरी अर्थमन्त्रीले राजीनामा दिँदै जाने हो भने कुनै पनि अर्थमन्त्रीले बजेट पास गर्नै नपाउने बताए । ‘विनियोजन विधेयक र अर्थ विधेयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्रीले राजीनामा दिने हो भने कुनै पनि अर्थमन्त्रीले बजेट पास गर्नै पाउँदैन ।

माननीय सदस्यज्यूले अभिप्रायमा भन्नुभएको हो ? सरकारको प्रस्तावमा हुन्छन् यी सबै’, खतिवडाले भने , ‘अहिले बजेट पास गर्नै नपाउँदै बोल्यौं भने हामी संसदमा विचाराधिन हरेको विषयमा हामीले पूर्वनिर्णय गर्दैछौं, त्यो नगरिदिनुहुन अनुरोध गर्दछु ।’