न्यूरोडमा प्रहरी र व्यापारीबीच झडप - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

न्यूरोडमा प्रहरी र व्यापारीबीच झडप



काठमाडौँ– प्रहरीले न्यूरोड क्षेत्रका पसलहरु बन्द गराउने क्रममा झडप भएको छ । लकडाउनको विरोध गर्दै स्थानीय व्यापारी संघको अगुवाइमा केही दिनदेखि सबै खालका पसलहरु खोलिएका थिए ।

तर मंगलबार बिहान प्रहरीले खोलिएका पसलहरु बन्द गराएको हो । त्यसक्रममा प्रहरी र न्यूरोड क्षेत्रका व्यापारीबिच झडपको अवस्था समेत आएको राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ ।

अहिले प्रहरी र स्थानीय व्यापारीबिच छलफल भइरहेको छ । न्यूरोड क्षेत्रमा मंगलबार बिहानैदेखि प्रहरीको तैनाथी बढेको छ ।

सरकारले लकडाउनको विकल्प नदिएको भन्दै व्यापारीहरुले जेठ २२ गतेदेखि बिहान ११ बजेसम्म अत्यावश्यक बाहेकका पसल पनि खोल्ने गरेका थिए ।