हिमानी शाह भाईरल : ‘यो मन त नेपाली हो’ भन्दै नाचिन - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हिमानी शाह भाईरल : ‘यो मन त नेपाली हो’ भन्दै नाचिन



काठमाडौं- पूर्वयुवराज्ञी हिमानी शाह अहिले फरक रुपमा सामाजिक सञ्जालमा देखिएकी छिन् । उनी अहिले आफ्ना छोरीहरुसंग टिकटक भिडियो मार्फत् रमाईरहेको देखिन्छ ।

यसअघि पनि उनकी छोरीहरुसंगको टिकटक भिडियो बाहिरिएको थियो ।

यसैक्रममा उनको अर्को देशभक्तिपूर्ण टिकटक भिडियो सार्वजनिक भएको छ । ‘यो मन त मेरो नेपाली हो’ बोलको गीतमा उनी आफ्नी छोरीसंगै नाच्दै गरेको देख्न सकिन्छ ।

लकडाउनका कारण अस्तब्यस्त दैनिकीमा आफूलाई कसरी खुसी र स्वस्थ रहन सकिन्छ भन्ने हिमानी शाहबाट सिक्न सकिन्छ ।