सन्धिखर्कका उपमेयरलाई कोरोना संक्रमण - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

सन्धिखर्कका उपमेयरलाई कोरोना संक्रमण



काठमाडौं- अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको नमूना परीक्षणमा उपमेयरलाई संक्रमण पुष्टि भएको नगरपालिकाका मेयर कमलप्रसाद भुसालले बताए।

संक्रमण पुष्टि भएपछि उपमेयर आफ्नै घरमा आइसोलेसनमा बसेका छन्।

“उहाँको ट्राभल हिस्ट्री त केही थिएन। नगरपालिकातिरै क्वारेन्टाइन व्यवस्थापन लगायतका काममा खटिने गर्नुभएको थियो”, मेयर भुसालले भने, “१० जेठमा कपिलवस्तुको कृष्णनगर नाकामा मृत्यु भएका व्यक्तिको दाहसंस्कारमा सहभागी हुनुभएको थियो। त्यहीँ कतै संक्रमण भयो कि भन्ने छ।”

मृतक युवकको साथमा एउटै बसमा आएका ३० जनालाई पनि आजै संक्रमण पुष्टिभएको हो।

१० जेठमा भूमिकास्थान नगरपालिका ९ का ३५ वर्षीय युवकको कृष्णनगर नाकामा मृत्यु भएको थियो।