फेरियो अमेरिकाको आन्दोलनको स्वरूप - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

फेरियो अमेरिकाको आन्दोलनको स्वरूप



काठमाडौं- हिंसात्मक आन्दोलन भइरहेको अमेरिकामा आन्दोलनको स्वरुप परिवर्तन भएको छ।

गत हप्ताभर हिंसात्मक आन्दोलन भइरहेकोमा अहिले शान्तिपूर्ण प्रदर्शन हुन थालेको हो।

प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि उनको ह;त्या भएको भन्दै देशभर प्रदर्शन भइरहेको छ। ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौँ प्रदर्शनकारीले प्रदर्शन गर्दै आइरहेका छन् ।

आन्दोलन हिंसात्मक हुँदै गएपछि सरकारले देशका ४० भन्दा बढी सहरमा समय तोकेर कर्फ्यु आदेश पनि जारी गरेको थियो। कतिपय ठाउँमा कर्फ्यु पनि तोडेर प्रदर्शनकारीहरुले आन्दोलनलाई चर्काउँदै लगेका थिए ।

प्रदर्शनकारी र प्रहरीका बीचमा धेरै ठाउँमा झडप भएका थिए भने आन्दोलनका क्रममा एक जनाको मृत्यु पनि भएको छ। हजारौँ पक्राउ परेका छन् भने सयौँ घाइते भएका छन्।

बुधबार बिहान (अमेरिकी समयअनुसार) भने देशभर हजारौँ व्यक्तिले सडकमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

मृतक फ्लोयडको परिवारले शान्तिपूर्ण प्रदर्शनका लागि आह्वान गरेकाले हिंसात्मक हुँदै गएको प्रदर्शन एकाएक शान्तिपूर्ण भएको हो।