संघियता खारेजीको प्रस्ताव संसदमा दर्ता - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

संघियता खारेजीको प्रस्ताव संसदमा दर्ता



काठमाडौं- संघियता खारेज गर्न माग गर्दै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएको छ । नयाँ नक्सालाई आधिकारिकता दिन सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै विभिन्‍न दलले आफ्नोतर्फबाट संशोधनको प्रस्ताव दर्ता गर्ने क्रम रोकिएको छैन्।

राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी र नेपाली कांग्रेसले संशोधन प्रस्ताव दर्ता गरेपछि बुधबार राष्ट्रिय जनमोर्चाले पनि संविधान संशोधन विधेयक दर्ता गरेको छ। संघीयता खारेजीको माग गर्दै जनमोर्चले संशोधन विधेयक दर्ता गरेको हो ।

देशले संघीयता धान्‍न नसक्ने भएकाले संघ र स्थानीय तह कायम हुनेगरी संशोधन गर्न विधेयक दर्ता गरिएको पार्टीका अध्यक्ष चित्र बहादुर केसीले बताए। नेपाल पछाडी पर्नुको कारण एकात्मक शासन प्रणाली नभएको उल्लेख गर्दै उनले संघीय प्रणालीले समस्या समाधान नहुने बताए।

आफुहरुले २०६४ सालबाट नै प्रदेशको संरचना उपयुक्त नहुने मत राख्दै आएको उनले बताए। अहिले सरकारले संशोधन प्रकृया अघि सारेपछि अन्य दलहरुले पनि आफ्नो संशोधन विधेयक दर्ता गरेका कारण आफुहरुले पनि विधेयक दर्ता गरेको उनले जानकारी दिएका छन्।