२५ जना विज्ञसँग प्रधानमन्त्रीको चार घण्टा छलफल - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

२५ जना विज्ञसँग प्रधानमन्त्रीको चार घण्टा छलफल



काठमाडाैँ– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले २५ जना विज्ञहरूसँग चार घण्टा छलफल गरेका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विज्ञहरु तथा सरोकारवालाहरुसँग छलफल गरेका हुन्।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण र लकडाउनको मोडालिटी लगायतको विषयमा विज्ञहरूसँग प्रधानमन्त्रीले छलफल गरेको बताइएको छ । जनस्वास्थ्य, आर्थिक क्षेत्र र अन्य सरोकारवाला निकायका २५ जना विज्ञहरुसँग प्रधानमन्त्री ओलीले अबका दिनमा जनजीवन कसरी सहज पार्दै लैजाने भन्ने विषयमा रायसुझाव लिएको बताइएको छ।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले देशमा स्वास्थ्य संकटकाल लागू गर्ने तयारी गरेको छ। प्रधानमन्त्री ओलीले यसबारे पनि स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गरेका थिए। सरकारले लकडाउन गरेको ७२ दिन पुगिसकेको छ।

लामो लकडाउनका वावजुद कोरोनाकाे संक्रमण दर नरोकिएपछि सरकारमाथि लकडाउन खुकुलो बनाउनु पर्ने दबाब बढ्दै गएको छ। अबपनि लकडाउन खुकुलो नबनाउने हाे भने कोरोनाभन्दा पनि अन्य कारणले सर्वसाधारणको दैनिकीमा समस्याहरु बढ्दै जाने विज्ञहरुले बताउँदै आएका छन्।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाेखरेल नेतृत्वको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्यव समितले पनि प्रधानमन्त्री समक्ष लकडाउनको मोडालिटीमा हेरफेर गर्नुपर्ने प्रस्ताव पेश गरेको छ।