रौतहटको अवस्था चिन्ताजनक: ७४ नयाँ संक्रमित थपिए
रौतहट- रौतहटमा मंगलबार एकैदिन ७४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ३०७ पुगेको छ ।
मंगलबार राजपुर नगरपालिकाका २१, राजदेवी नगरपालिकाका १८, दुर्गाभगवती गाउँपालिकाका १४, गौर नगरपालिकाका १३, परोहा नगरपालिकाका चार, यमुनामाई गाउँपालिकाका तीन र गढीमाई नगरपालिकाका एकजनामा संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
थपिएका नयाँ संक्रमितहरुको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको जनाइएको छ ।
उनीहरु सबैजना हालै भारतबाट फर्किएका थिए ।
स्वदेश फर्किएसँगै सम्बन्धित पालिकाको ‘क्वारेन्टाइन’मा बसेका उनीहरुको ‘पीसीआर’ परीक्षणमा कोरोना पुष्टि भएको जनाइएको छ ।
संक्रमितलाई जिल्लाकै ‘आइसोलेसन’मा स्थानान्तरण गरिने जनस्वास्थ्य प्रमुख महेश साहले बताए ।