ह्वाइट हाउसमा ढुंगा मुढा भएपछि बंकरमा थुनिए ट्रम्प - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

ह्वाइट हाउसमा ढुंगा मुढा भएपछि बंकरमा थुनिए ट्रम्प



एजेन्सी- अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोएडको ह’त्याको विरोधमा छैठौं दिन पनि अमेरिकाभर प्रर्दशन भएको छ।

छैठौं दिन आइतबार राष्ट्रपतिको कार्यालय तथा निवास ह्वाइट हाउससम्म पुगेर प्रदर्शनकारीले ह’त्याको विरोध गरेका ।

प्रदर्शनकारीले ह्वाइट हाउस अगाडि ढुंगा मुढा गरेका थिए। सुरक्षा खतरा बढेपछि राष्ट्रपति ट्रम्प, फर्स्ट लेडी मलेनिया ट्रम्प र उनीहरुका छोरा ब्यारनलाई एक घण्टा बंकरमा लगेर राखिएको न्युयोर्क टाइम्सलाई उदृतगर्दै सीएनएनले जनाएको छ।

आइतबार प्रदर्शनकारीले प्रहरीको गाडी जलाएका थिए । आन्दोलनको फाइदा उठाउँदै त्यहाँ चोरी र डकैतीका घटना पनि बढेका छन्। हिंसा भड्किएपछि अमेरिकाका ४० शहरमा यतिबेला कर्फ्यु लगाइएको छ।

न्युयोर्क, सिकागो, फिलाडेल्फिया र लस एन्जलेसमा दंगा प्रहरी र प्रदर्शनकारीबीच हात हालाहाल भएको थियो।

भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास तथा प्लास्टिकका गोली प्रहार गरेका थिए।

अमेरिकाले यतिबेला पाँच हजार रिजर्भ मिलिटेरी द नेसनल गार्डका जवान वासिङ्टन बाहेकका १५ प्रान्तमा तैनाथ गरेका छन्।

प्रहरीको नियन्त्रणमा रहेका बेला फ्लोएडको मृत्यु भएको थियो। प्रहरीले हथकडी लगाएकै अवस्थामा फ्लोएडको घाँटीमा घुँडाले ८ मिनेटसम्म थिचेका थिए।

सास फेर्न नसक्दा उनको मृत्यु भएको थियो। यसबीचमा अमेरिकाभर रंगेभदविरुद्ध आन्दोलन चर्किएको हो।

कोरोना भाइरसको प्रकोपबाट गुज्रिएको अमेरिका यतिबेला रंगभेदविरुद्धको आन्दोलनले अशान्त बनेको छ।