ट्रम्पलाई ट्वीटरले पनि टेरेन: विवादास्पद ट्रम्पका ट्वीट नै गायव - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

ट्रम्पलाई ट्वीटरले पनि टेरेन: विवादास्पद ट्रम्पका ट्वीट नै गायव



एजेन्सी- पछिल्लो समय सामाजिक सञ्जाल ट्विटर र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकाबीच युद्ध चलिरहेको छ ।

सामाजिक सञ्जाल ट्विटरले ‘तथ्य-जाँच’ राखेर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका ट्विटमा भनिएका कुरा गलत साबित गर्न थालेयता दुईबीच सुरु भएको शत्रुता दिनप्रतिदिन बढ्दै गएको छ।

यसै क्रममा अहिले ट्विटरले ट्रम्पले गरेको ट्विट नै प्रत्यक्ष नदेखिने गरी ‘हाइड’ मा राख्न थालेको छ।

ट्रम्पले हिंसालाई प्रोत्साहन गर्ने खालको ट्विट गरेकाले त्यो आफ्नो मान्यताविपरीत भएकाले हाइड गरिएको ट्विटरले दाबी गरेको छ।

राष्ट्रपति ट्रम्पले गरेको ट्विट ‘कपी’ गरेर राष्ट्रपति कार्यालय ह्वाइट हाउसले आफ्नो एकाउन्टमा राख्दा पनि ट्विटरले केही समयपछि नै हाइड गरिदिएको हो। हाइड गरिएको ट्विट क्लिक गरेर भने हेर्न भने सकिन्छ।

ट्विटरले ट्रम्पको ट्विटमा तथ्य जाँच राखेर गलत कुरा औंल्याइदिन थालेपछि रुष्ट भएका ट्रम्पले सामाजिक सञ्जालले पाइरहेको कानुनी सुरक्षा सीमित गर्नेसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।