एकै दिन अहिले सम्मकै धेरै कोरोना संक्रमण: जम्मा १२ सय १२ जना - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

एकै दिन अहिले सम्मकै धेरै कोरोना संक्रमण: जम्मा १२ सय १२ जना



काठमाडौँ- स्वास्थ्य मन्त्रालयले एकै दिन १७० जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी गराएको छ।

५ महिला र १६५ पुरुषसहित १७० जना कोरोना भाइरस संक्रमित देखिएसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १२१२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १७० जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताए।