बिहिबार बिहानै थप ७४ जनामा कोरोना संक्रमणको पुष्टि
![]()
काठमाडौं- प्रदेश दुईका थप ७४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले आज बिहान थप ७४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।
थपिएका संक्रमितहरूमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १२, सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना रहेका छन्।
प्रदेश नम्बर दुईका सामाजिक विकास मन्त्री नवलकिशोर साह प्रदेश दुईको विभिन्न जिल्ला भारतीय सीमानाकासँग जोडिएकोले संक्रमण फैलिएको स्थानहरुबाट नेपालीहरु आइरहेकाले संक्रमित संख्या बढ्नु नौलो कुरा नभएको प्रतिक्रिया दिएका छन्।
धनुषामा आज थपिएका २९ जना धनुषा लक्ष्मिनिया गाउँपालिकामा रहेको क्वारेन्टिनका व्यक्तिहरु रहेको धनुषाका प्रमुख जिल्ला अधिकारीले बताए।
यसैगरी महोत्तरीमा थपिएका १७ जना भने जलेश्वरमा रहेको क्वारेन्टीनका हुन्। योसँगै प्रदेश दुईमा कोरोना संक्रमितको संख्या ३ सय २४ पुगेको छ।

