रुकुम घटनामा अपराधी नछुटुन्, निरपराधी नपरुन् : जनार्दन शर्मा - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

रुकुम घटनामा अपराधी नछुटुन्, निरपराधी नपरुन् : जनार्दन शर्मा



काठमाडौँ- पूर्वमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले रुकुममा भएको घटनाको तथ्यलाई बंग्याउने प्रयास भएको आरोप लगाएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै शर्माले घटनाको छानबिनमा सहयोग गर्न प्रतिबद्ध भएको समेत जनाएका छन् ।

विज्ञप्ति प्रकाशित गर्दै शर्माले भनेका छन्, ‘अपराधी नछुटुन्, निरपराधी नपरुन् भन्नका लागि घटनाको सत्यतथ्य छानबिन गर्नु मुख्य काम हो। चौरजहारी घटनालाई मानव सभ्यताको खिल्ली उडाउने र मानव सभ्यताको सामु उत्पन्न चुनौतीको रूपमा लिएको छु।’

विज्ञप्तिमा चौरजहारी घटनालाई प्रारम्भिक रुपमै सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दै आएको शर्माले बताएका छन्। घटनालाई तोडमोड गर्न नपाओस् भनेरै राष्ट्रियस्तरकै दलित मोर्चाका नेता चन्द्रबहादुर विकको नेतृत्वमा अनुसन्धानमा स्थानीय स्तरबाट सहयोग पुर्‍याउन आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ।

उनले लेखेका छन्, ‘सभामुखसँग समय मागी बोल्न लाग्दा केही सांसदहरुले हो-हल्लागरी मलाई बोल्नै नदिने काम भयो। मेरा सम्पूर्ण भनाई राख्नबाट बञ्चित भएँ, ‘मैले बोलेको स्पष्ट भनाई हुँदाहुँदै तोडमोड गरी राजनीतिकरण गर्ने प्रयास भएको छ। सबैमा आग्रह गर्न चाहन्छु कि घटनाको सत्यतथ्य सार्वजिनक होस् भनी छानबिनको माग गरेको तथ्यलाई बंग्याउने प्रयास भयो।’