हत्याको आरोप लागेका वडाध्यक्षले गरे आत्मसमर्पण - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

हत्याको आरोप लागेका वडाध्यक्षले गरे आत्मसमर्पण



काठमाडौं – मोरङको विराटनगर-१४ जतुवाका समानन्द यादवको हत्यामा संलग्न रहेको आरोप लागेका एक वडाध्यक्षले बुधबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

विराटनगर-१८ का अध्यक्ष सञ्जय साहले इलाका प्रहरी कार्यालय रानीमा आत्मसमर्पण गरेका हुन्। प्रहरीले साहलाई बुधबार नै मोरङ जिल्ला अदालतमा पेश गरेको जनाएको छ।

यादवको हत्यामा तीन जना वडाध्यक्ष संलग्नको आरोप लागेको छ। आरोपीत मध्ये जहदा गाउँपालिका-१ का अध्यक्ष प्रदीपचन्द्र यादवलाई जिल्ला अदालतले माग २४ गते पूर्पक्षका लागि कारागार पठाएको थियो।

अर्का आरोपी विराटनगर-१४ का अध्यक्ष बालदेव यादव भने फरार छन्। भारतमा लुकेर बसेका दुई अध्यक्ष लकडाउनले खर्च अभाव हुँदा नेपाल फर्किन बाध्य भएको प्रहरीले जनाएको छ।

गत वर्ष जेठ ३२ गते पञ्चेतीमा समानन्दलाई स्थानीयले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। उनको उपचारका क्रममा असार २६ गते मृत्यु भएको थियो। उनको मृत्यु पछि तीन वडाध्यक्षसहित ९ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो। तीनैजना वडाध्यक्ष समाजवादी पार्टीका स्थानीय नेता हुन्।