घनश्याम भुसालले भने: नवराज विक ह'त्याको जिम्मेवारी नेताले लिनुपर्छ - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

घनश्याम भुसालले भने: नवराज विक ह’त्याको जिम्मेवारी नेताले लिनुपर्छ



काठमाडौं- कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले जाजरकोटका नवराज विकको ह’त्याको जिम्मेवारी नेताहरुले लिनुपर्ने बताएका छन्।

उनले राजनीतिक दल र नेताहरुले उनको ह’त्याको जिम्मेवारी लिनपर्ने भन्दै सामाजिक सञ्जालमा बुधबार लेखेका लेखेका छन् ।

उनले त्यसको कारण सामाजिक–साँस्कृतिक संरचनामा खोज्नु राजनीतिक गर्नेहरुको नालायकी हुने बताएका छन्।

‘नवराज विकको ह’त्यारा हाम्रो सामाजिक–साँस्कृतिक संरचनामा खोज्नु हाम्रो नालायकी लुकाउने बाहानाबाजी हो। यसको जिम्मा मूलतः हाम्रो राजनीतिले, राजनीतिक पार्टीले, राजनीति गरेको दाबी गर्ने हामी स्वयंले लिनुपर्छ,’ उनले सामाजिक सञ्जालमा बुधबार लेखेका छन्।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाकी मल्ल थरकी एक युवतीसँगको प्रेम सम्बन्धमा रहेका नवराज विकको शनिबार स्थानीयले ह’त्या गरेका थिए। घटनामा अन्य दुई युवाको पनि ह’त्या भएको थियाे।