कञ्चनपुरका एक वडाध्यक्षको मृत्यु
कञ्चनपुर । जिल्लाको एक क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका- ७ का वडा अध्यक्ष कल्लु रानाको गयराति मृत्यु भएको हो।
सोही वडाकै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रैकवारविचवाका प्रहरी सहायक निरीक्षक भीमसिंह धामीले बताए ।
उनको मृत्युको कारण खुल्न सकेको छैन । अहिले उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । आजै नै उनको कोरोना परीक्षण समेत गरिने अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताए । राना नेपाली कांग्रेसवाट निर्वा्चित वडा अध्यक्ष थिए ।

