ट्विटरले ट्रम्पलाई दियो यस्तो चेतावनी - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

ट्विटरले ट्रम्पलाई दियो यस्तो चेतावनी



काठमाण्डाै – ट्विटरले अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटलाई चेतावनी दिएको छ । ट्रम्पको हालै राखिएको ट्विटमा ‘तथ्य जाँच चेतावनी’को ट्याग गरेको छ ।

ट्विटरले ट्रम्पको पोष्टमा पहिलोपटक तथ्य जाँचको लेबल दिएको हो । ट्रम्पले इमेल मार्फत गरिने मतपत्रहरु ठग्ने जालसाजीभन्दा कम नभएको भन्दै ट्वीट गर्नुभएको थियो । ट्विटरले उक्त पोस्टको मुनि निलो रङ्गको एक चेतावनी लेबल राखेको छ ।

ट्विटरको निलो लेबलले ट्वीटले भ्रमपूर्ण भएको भन्दै तथ्य जाँच्न आग्रह गर्छ । ट्रम्पले मेल मार्फत मतदान गरिने मतपत्रहरूको बैधताको बारेमा धेरै असह्य दावी गरेका भन्दै ट्विटरमा आलोचना पनि भएको छ ।

सामाजिक सञ्जाल कम्पनी ट्विटरले यहि महिनाको सुरूमा चेतावनी लेबलहरूमा आफ्ना नीतिहरू अध्यावधिक गरेको थियो । ट्रम्पका ट्वीटहरुमा तथ्य जाँच गर्न ढिला भैरहेको आवाज उठिरहेका बेला ट्विटरले चेतवानी दिन शुरु गरेको हो ।