चट्याङ, हावाहुरी र वर्षा हुनसक्छ: मौसमविद
काठमाडौं। आज देशको पूर्वी भूभाग तथा मध्य र पश्चिम पहाडी भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौमम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसोपछि पूर्वी क्षेत्र तथा मध्य पहाडका केही स्थान र पश्चिमी पहाडका थोरै ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
यस्तै राति पनि पूर्वी तथा मध्य क्षेत्रका केही स्थानका साथै पश्चिमका एक-दुई ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
महाशाखाका अनुसार हाल नेपालको पूर्वी भूभागनजिकै निम्न चापीय प्रणाली छ भने स्थानीय वायुको पनि प्रभाव छ।