एकैदिन थपिए ठुलो संख्यामा कोरोना संक्रमित: यस्तो छ पछिल्लो अवस्था - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

एकैदिन थपिए ठुलो संख्यामा कोरोना संक्रमित: यस्तो छ पछिल्लो अवस्था



काठमाडौं- आज (मंगलबार) मात्रै कोरोना भाइरसका ९० जना संक्रमित थपिएका छन्। यो सहित देशभर कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ।

साथै सबै प्रदेशमा फैलिइसकेको संक्रमण हालसम्म देशका ४६ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

मंगलबार मात्रै कपिलवस्तुमा २६ जना संक्रमित थपिएका छन्। रौतहटमा २२ जना संक्रमित थपिएका छन्। त्यस्तै बारामा ५ र सिराहामा ४ जना संक्रमित थपिएका छन्। बारामा भेटिएका २ जना जुम्लाका हुन्।

त्यस्तै सुर्खेतमा १२ जना संक्रमित थपिएका छन्। स्याङ्जा, महाेत्तरी, गुल्मी र अर्घाखाँचीमा २–२ जना संक्रमित थपिएका छन्। रुपन्देही, धनुषा, अछाम र कैलालीमा १-१ जना संक्रमित थपिएका छन्।

त्यस्तै बाँकेमा ७ जना संक्रमित थपिएका छन्।

अहिलेसम्म कोरोना संक्रमितमध्ये १ सय ५५ जना डिस्चार्ज भइसकेका छन् भने ४ जनाको मृत्यु भएको छ।