रुकुमको घटनाका विषयमा जनार्दन शर्माले बोल्दैगर्दा संसदमा हङ्गामा - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

रुकुमको घटनाका विषयमा जनार्दन शर्माले बोल्दैगर्दा संसदमा हङ्गामा



काठमाडौं- रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाका बिषयमा रुकुमकै सांसद तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले संसदमा कुरा उठाएपछि हङ्गामा भएको छ ।

रुकुम पश्चिमकै सांसद शर्माले आफ्नै क्षेत्रमा भएको घटनाका बिषयमा संसदमा बोल्नेक्रममा अन्य सांसदहरूले होहल्ला मच्चाएका थिए । जनार्दन शर्माले उक्त घटनाको बिषय उठान गर्दा कांग्रेस सांसदहरुले होहल्ला गरेका हुन्।

मंगलबार रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटना विषयमा सांसद शर्माले बोल्दै कांग्रेस सांसदहरुले होहल्ला गरेका हुन्।

शर्माले रुकुमको चौरजहारीमा दलित युवामाथि घटेको घटनाको विवरण दिएर वडाअध्यक्ष दोषी नभएको बताएपछि कांग्रेसका सांसदले उठेर प्रतिरोध गरेका थिए।

उनीहरुले घटनाको संसदीय समितिबाट छानवीन गर्न माग गरिरहँदा जनार्दन शर्मा बोलेको भन्दै विरोध गरेपछि शर्मा आक्राशित भएका थिए ।