अफवाह फैलाउने २२० मिडियालाई कारबाही, ७० अनलाइन बन्द - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

अफवाह फैलाउने २२० मिडियालाई कारबाही, ७० अनलाइन बन्द



काठमाडौं- मुलुक कोरोना भाइरसको चपेटामा रहेका बेला कोरोनाबारे भ्रामक तथा आचार संहिताविपरीत समाचार लेख्ने २ सय २० सञ्चारमाध्यममाथि प्रेस काउन्सिलले कारबाही गरेकाे छ।

काउन्सिलका अनुसार ७० वटा अनलाइनलाई नेपालमा नचल्ने बनाइएको छ। ५९ वटा सञ्चारमाध्यमसँग स्पष्टीकरण मागिएको छ भने २२ वटालाई सचेत गराइएको छ।

४० वटा सञ्चारमाध्यमलाई निर्देशन र १४ वटालाई ध्यानाकर्षण गराइएको काउन्सिलले जनाएकाे छ। एक सञ्चारमाध्यमलाई अन्तिम चेतावनी दिइएको छ। अहिलेसम्म १० वटाले स्पष्टीकरण बुझाएका छैनन्।

काउन्सिलका अनुसार यो कारबाही गत चैत १० गतेदेखि जेठ ८ गतेसम्म प्रकाशित समाचारका आधारमा गरिएकाे हो।