लद्दाखमा तनाव: भारतले एकाएक सेनाको संख्या बढायो: सेना प्रमुख पनि लद्दाखमै - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

लद्दाखमा तनाव: भारतले एकाएक सेनाको संख्या बढायो: सेना प्रमुख पनि लद्दाखमै



एजेन्सी- भारतले विवादित क्षेत्र लद्दाखमा एकाएक सेनाको संख्या बढाएको छ । चीन र भारतबीच सीमा क्षेत्रमा तनाव भएकै बेला सेनाको संख्या एकाएक बढाएको हो ।

भारत र चीनबीच जारी सीमा विवादमा थप तानाव्को सङ्केत देखिएको छ। लद्दाखमै भारतीय सेनाको एक टोलीलाई नै चिनिया सेनाले हप्तौंदेखि नियन्त्रणमा लिएको खुलासा भएकै बेला सेनाको संख्या बढाउनुले थप खतराको सङ्केत देखिएको छ ।

पछिल्लो समय चीनले आफ्नो प्रभावित क्षेत्र प्यांगगोंग त्सोमा गतिविधि तीब्र पारेपछि विवाद बढेको हो । यस विवादित क्षेत्रको अवलोकन गर्न भारतीय सेना प्रमुख नरवाणे शुक्रबार लदाख पुगे । उनी लदाख पुग्नुलाई अर्थपूण मानिएको छ ।

मे ५ मा उक्त क्षेत्रमा चिनियाँ सेना र भारतीय सेनाबीच भएको द्वन्द्वले दुवै देशबीचको माहौल तताएको छ । चिनियाँ शैनिक भारतीय प्रभावित क्षेत्रमा घुसेको र गतिविधि तीब्र गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ । चिनियाँ सेनाले तीनवटा क्षेत्रमा आफ्नो गतिविधि बढाएको जनाइएको छ ।

त्यहाँका स्थानीय सेनाले दूई देशबीचका सेनासंग वार्ता समेत गरेका थिए । तर, प्यांगगोंग त्सो क्षेत्रको ८० किमीको विवाद भने कायमैं रहेको छ । ८० कि. मीबीचका विवादास्पद क्षेत्रका करिब २० किमीमा चिनले आफ्नो ५० देखि १०० वटा शैनिक तैनाथ गरेको छ ।

दुवै देशबीच ठूलो विवाद उत्पन्न हुने खतराले भारतीय सैनिक धेरै हच्किएको बताइएको छ । दुवै देशबीचको मुद्दा छिट्टै समाधान हुन नसक्ने गरी बल्झिन सक्ने अनुमान समेत गरिएको छ ।भारतले समेत उक्त क्षेत्रमा आफ्नो सैन्य गतिविधि तीब्र गरेको छ । साथै चिनियाँ पट्रोलिङमाथि समेत नजर राखिरहेको भारतीय मिडियाले बताएका छन् ।