स्वयम्भुमा एक प्रहरी मृत भेटिए
काठमाडौं- स्वयम्भुमा एक प्रहरीका असई मृत भेटिएका छन् । उनले आफैंलाई गोली हानेर आत्मह’त्या गरेको आशंका गरिएको छ ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत विष्णु कार्की मृत भेटिएका हुन् । उनको कन्चटमा गोली लागेको छ । उनि ब्यारेकमै मृत भेटिएका हुन् ।
महानगरीय प्रहरी कार्यलय स्रोतले भने उनले आफैंलाई कन्चटमा गोली हानेर आइतबार बिहान आत्मह’त्या गरेको आशंका रहेको बताएको छ ।

