संक्रमित भेटीएपछि नयाँ वानेश्वरका तीन घर सिल
काठमाडौँ- काठमाडौंको नयाँवानेश्वरका तीन वटा घर सिल गरिएको छ । कालिमाटी वृत्तमा कार्यरत २ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरू बस्ने घर सिल गरिएको हो ।
काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरमा उनीहरू बसिरहेका घर सिल गरिएको बताइएको छ । नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडिका ति घर नजिकका र प्रहरीको सम्पर्कमा आएका व्यक्तिहरूको एक सातापछि स्वाब परिक्षण गरिने बताइएको छ ।
प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको पनि जनाइएको छ ।
सङ्क्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब सङ्कलन गर्ने गरिएको जनाइएको छ ।