भारतमा निकै ठुलो संख्यामा संक्रमित थपिए: स्थिति तनावपुर्ण - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

भारतमा निकै ठुलो संख्यामा संक्रमित थपिए: स्थिति तनावपुर्ण



काठमाडौं- भारतमा हालसम्मकै बढी संख्यामा कोरोना संक्रमित थपिएका छन्।

भारतमा गएको २४ घण्टामा ६ हजार ६५४ कोरोना संक्रमित थपिएको बीबीसी हिन्दीले जनाएको छ।

यो संख्या भारतमा दैनिक कोरोना संक्रमितको वृद्धिदरमा मापन भएको हालसममकै ठूलो संख्या हो।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ कोरोना संक्रमित थपिएसँगै त्यहाँ एक लाख २५ हजार १०१ मा कोरोनाको संक्रण पुष्टि भएको छ।

भारतमा यसहप्ता दोस्रोपटक ६ हजारको संख्यामा कोरोना संक्रमित थपिएका हुन्। भारतमा कोरोनाको केन्द्रविन्दु चीनमा भन्दा बढी कोरोना संक्रमित छन्।

भारतमा संक्रमितमध्ये ३७२८ को मृत्यु भएको छ भने ५१ हजार ७८३ उपचारपछि स्वस्थ बनेका छन्।