अध्ययन भन्छ: ट्रम्पले खाइरहेको औषधिले काेराेना रोक्दैन, उल्टै मृत्यु हुनसक्छ - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

अध्ययन भन्छ: ट्रम्पले खाइरहेको औषधिले काेराेना रोक्दैन, उल्टै मृत्यु हुनसक्छ



काठमाडौं- सहकर्मीहरूलाई कोरोना संक्रमण भएपछी कोरोनाबाट बच्न भन्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले खाइरहेको मलेरियाको औषधिले उल्टो मृत्युको जोखिम बढाउने अनुसन्धानले देखाएको छ।

यसअघि पनि ट्रम्पले सिफारिस गरेका कारण औषधी सेवन गराउँदा कतिपयको मृत्यु भैसकेको छ ।

विज्ञान अनुसन्धान पत्रिका लान्सेटले आफ्नो अध्ययनले होइड्रोक्सिक्लोरोक्विन औषधि कोरोना संक्रमितले खाँदा उल्टै मृत्युको जोखिम बढाउने तथ्य पत्ता लागेको हो।

चिकित्सकले यो औषधि सेवन गर्नु घातक हुने चेतावनी दिँदा पनि कोरोना रोक्न यो उपयोगी हुने दाबी गर्दै ट्रम्पले आफूले खाइरहेको केही दिनअघि बताएका थिए।