बाँके र कपिलवस्तुमा थप तीन जनामा संक्रमण पुष्टि - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

बाँके र कपिलवस्तुमा थप तीन जनामा संक्रमण पुष्टि



काठमाडौँ– नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भेरी अस्पताल नेपालगञ्ज र प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप तीनमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका तीन जनामध्ये एकजना बाँके नरैनापुर–३ का ३२ वर्षीय पुरुष, बाँकेकै खजुरा–३ की ४२ वर्षीय महिला र कपिलवस्तुको शुद्धोधन गाउँपालिकका १९ वर्षीय पुरुष छन्।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ सय ५७ पगेको छ।