नेपालमा कोरोनाको पछिल्लो अवस्था - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

नेपालमा कोरोनाको पछिल्लो अवस्था



काठमाडाैँ– नेपालमा पनि तिब्र रूपमा फैलिन थालेको कोरोना संक्रमण यतिबेला विश्वव्यापी महामारी बनेको छ ।

देशका ३८ जिल्लामा फैलिएको कोरोनाकै कारण केहीको मृत्यु समेत भएको छ भने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र शिक्षाकर्मीहरूमा समेत संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये तीन जनाकाे कोरोनाकै कारण मृत्यु भइसकेको छ।

रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका एक पुरुषको बिहीबार मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको हाे। यसअघि सिन्धुपाल्चाेककी एक महिला र बाँकेका एक युवककाे कोरोनाबाट मृत्यु भइसकेको छ।

यस्तै ४९ जना कोरोना संक्रमित उपचार पश्चात निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमण हालसम्म ३८ जिल्लामा फैलिएको छ। जसमध्ये तराईका जिल्लाहरु बढी प्रभावित भएका छन्। पछिल्लाे समय काठमाडाैँ उपत्यकामा समेत कोरोनाको संक्रमण बढेको छ।