देशभर कति पुगे कोरोना संक्रमित ? कति थपिए बिहिबार ? - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

देशभर कति पुगे कोरोना संक्रमित ? कति थपिए बिहिबार ?



भद्रपुर- झापाको कचनकवल गाउँपालिकामा बिहीबार बिहान १५ र दिउँसाे ८ जना कोरोना सङ्क्रमित थपिएका छन्। योसँगै गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ। झापामा भने संक्रमतिको सङ्ख्या ३५ पुगेको हो।

भारतबाट आएका नेपाली नागरिकलाई गाउँघर प्रवेश गर्न नदिएर गाउँपालिकाले सोझै क्‍वारेनटाइनमा लगेर राख्न थालेकाे छ। क्‍वारेनटाइनमा बसेका मध्ये ९८ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइएको थियाे।

त्यसमध्ये मंगलबार १, बुधबार ९ र बिहीबार बिहान १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। दिउँसाे फेरि ८ जनामा काेरानाे देखिएकाे थियाे। पथरिया माविको क्‍वारेनटाइनमा बसेका ३३ जनामध्ये १० जनालाई कोरोना देखिएको हो।

१० जनालाई उपचारका लागि कोसी अस्पताल विराटनगर पठाइसकेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए। अरूलाई २३ जनालाई त्यही राखिएको छ। बिहीबार देखा परेका सङ्क्रमित लक्ष्मीप्रसाद देवकोटा माविको क्‍वारेनटाइनमा बसेका मध्येबाट पुष्टि भएको हो।

त्यहाँबाट एक महिलासहित ६५ जनाको स्वाब परीक्षणका लागि पठाइएको ३० जनाको रिपोर्ट पहिलो चरणमा आएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए। ‘त्यसमध्ये १५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो, भने १५ जनाको रिपोर्ट नेगेटिभ आएको हो,’ उनले भने।’

कोरोना पुष्टि भएका उनीहरूलाई उपचारका लागि कोसी अस्पताल पठाइएको छ। अरू ३५ जनाको रिपोर्ट आउन बाँकी छ। बिहीबार संक्रमण देखिएका १५ मध्ये वडा नम्बर ३ का ९ जना, वडा नम्बर ४ का १० जना र वडा नम्बर ६ का एक जना रहेका छन्। वडा न ५ मा ३ जना थपिएका हुन्।

उनीहरूको उमेर १८ देखि ४६ वर्षसम्मका हुन्। उनीहरू सबै जना जेठ ४ गते भारतको दिल्ली, मुम्बईबाट आएका हुन्।