कम होला भन्दा झन् बढ्दैछ संक्रमण : एकैदिन एक लाख बढी थपिए - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

कम होला भन्दा झन् बढ्दैछ संक्रमण : एकैदिन एक लाख बढी थपिए



काठमाडौं- विश्वभर कोरोना संक्रमणको दर झन्झन् बढ्दै गएको छ। गएको २४ घन्टामा मात्रै विश्वभर झण्डै एक लाख संक्रमित थपिएका छन्।

कोरोना सम्बन्धि अपडेट गरिरहेको वल्डओमिटरकाे तथ्यांकअनुसार गएको २४ घन्टामा विश्वभर ९९ हजार ३ सय ७ जना नयाँ संक्रमित थपिएका छन्।

नयाँ संक्रमित सबैभन्दा धेरै अमेरिकाका छन्। त्यहाँ हिजो एकै दिन झण्डै २१ हजार नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १५ लाख ९१ हजार नाघेको छ।

त्यसैगरी गएको २४ घण्टामा ब्राजिलमा २१ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। त्यहाँ संक्रमितको संख्या २ लाख ९३ हजार नाघेको छ। त्यसैगरी रुसमा हिजो एकै दिन ८ हजार ७ सय भन्दा धेरै संक्रमित थपिएका छन्।

अहिलेसम्म विश्वभर कोरोना संक्रमणबाट ३ लाख २९ हजार २ सय ६० जनाको मृत्यु भइसकेको छ।

बुधबार विश्वभर ४ हजार ७ सय भन्दा धेरैले यसको संक्रमणबाट ज्यान गुमाएका छन्। हिजो सबैभन्दा बढी अमेरिकामा १ हजार ४ सय २७ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी बुधबार ब्राजिलमा ९ सय ११, मेक्सिकोमा ३३४, बेलायतमा ३६३, रुसमा १३५, स्पेनमा ११०, इटालीमा १६१, फ्रान्समा ११०, पेरुमा ११०, क्यानाडामा ११९ जनाले ज्यान गुमाएका छन्।

भारतमा गएको २४ घन्टामा १३२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या ३४ सय ३४ पुगेको छ। भारतमा संक्रमितको संख्या १ लाख १२ हजार २८ पुगेको छ। बुधबार मात्रै त्यहाँ ५५ सय ५३ जना नयाँ संक्रमित थपिएका छन्।