सावधान ! रातिदेखि नै ठुलो बाढी आउन सक्छ : माैसम विज्ञान विभाग - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

सावधान ! रातिदेखि नै ठुलो बाढी आउन सक्छ : माैसम विज्ञान विभाग



काठमाडौं- बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवातको प्रभावले नेपालमा पनि वर्षा हुने भएकाले आज (बुधबार) रातिदेखि नै विभिन्न खोलानालामा बाढी आउन सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन जल तथा माैसम विज्ञान विभागले आग्रह गरेको छ।

बुधबार विज्ञप्ति जारी गर्दै विभागले प्रदेश १ का हिमाली तथा पहाडी जिल्लाका एक-दुई स्थानमा ससाना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ।

यस्तै प्रदेश १ का तराईका जिल्ला र प्रदेश २ का सप्तरी, सिराहका ससाना खोला तथा कन्काई, कोसी र यी नदीका सहायक खोलामा जलसतह बढ्ने सम्भावना रहेकाले नदी क्षेत्रमा सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

विज्ञप्ति