आइसियुमै ज्यान गुमाएका रोल्पाका युवामा कोरोना भेटिएन - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

आइसियुमै ज्यान गुमाएका रोल्पाका युवामा कोरोना भेटिएन



काठमाडौं- जिल्ला अस्पताल रोल्पाको आइसियुमै ज्यान गुमाएका एक युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मंगलवार गरिएको परीक्षणमा पिसिआर रिपोर्ट नेगेटिभ आएको हो।

युवकको सोमवार आइसियूमै मृत्यु भएको थियो । उनको मृगौलामा खराबी देखिएछि अस्पताल भर्ना भएका थिए । केहि कोरोनासँग मिल्दो जुल्दो लक्षण पनि देखिएको थियो । तर, परिक्षणबाट उनमा कोरोना नभएको रिपोर्ट आएको छ ।

यस्तै, दाङमा रहेका क्वारेन्टाइनबाट संकलण गरिएको स्वाब, प्यूठान जिल्लाबाट आएको स्वाब परीक्षण गर्दा १०४ जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारी दिए।

प्रतिष्ठानमा मंगलबारसम्म ६८५ जनाको रिपोर्ट परीक्षण गरिएको छ। ती मध्ये ६८३ रिपोर्ट नेगेटिभ आएको र दुईजनाको पोजिटिभ आएको प्रतिष्ठानले जानकारी दिएको छ।