अब पैसा तिरेर कोरोना परीक्षण गर्न पाइने - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

अब पैसा तिरेर कोरोना परीक्षण गर्न पाइने



काठमाडौं- भनिन्छ- कोरोना भाइरस शरीरमा नभए पनि मष्तिष्कमा महामारीको रुपमा बसेको छ । संसारभरी महामारी फैलिएकोले र सूचनाका बाढीका कारण मानिसमा मनोवैज्ञानिक आतंक बढिरहेको छ ।

यस्तो बेला आफूलाई कोरोना छ कि छैन भन्ने चासो सबैमा हुनु स्वभाविक नै हो । यही अवस्थालाई मध्यनजर गर्दै कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पनि अब पीसीआर तथा आरडीटीबाट जाँच गराउन पाउने व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस ब्रिफिङका क्रममा यो जानकारी दिए । उनले जोकोहीले पनि स्वेच्छाले परीक्षण गर्न पाउने बताउँदै भने, ‘विदेशी तथा नेपाली नागिरकले तोकिएको स्वास्थ्य संस्थाबाट सशुल्क परीक्षण गर्न पाउने व्यवस्था गरेका छौं ।’

यसअघि सरकारले लक्षण देखिएका, संक्रमित देशबाट आएका, संक्रमितको सम्पर्कमा पुगेका मानिसलाई मात्रै कोरोना परीक्षण गर्न पाउने निर्देशिका जारी गरेको थियो ।