५३ जना नयाँ संक्रमित थपिए - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

५३ जना नयाँ संक्रमित थपिए



काठमाडौं : नेपालमा थप ५३ जना संक्रमित पुष्टि भएको छ। बाँकेमा ४७ जना, विराटनगर, गुल्मी, धादिङका, धनुषा, रौतहट र दाङका एकएक गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुगेको छ।

आज बिहानमात्रै ९ जना संक्रमित थपिएका हुन्।

आज एकै दिन ६२ जना संक्रमित थपिएको हो। यो एकै दिन थपिने संक्रमितको अहिलेसम्मकै उच्च संख्या हो। नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ। ३६ जना निको भएर फर्किसकेका छन्। मृत्यु भएका दुवैमा मृत्युपछिमात्रै कोरोना पुष्टि भएकाले संक्रमितको संख्या अझै बढ्ने अनुमान गर्न सकिन्छ।

थपिएका बाँकेका ४७ जना नरैनापुर गाउँपालिकाका हुन्। यही गाउँको क्वारेन्टाइनमा रहेका युवकको मृत्यु भएको थियो। उनमा कोरोना संक्रमण भएको मृत्युपछिमात्र थाहा भएको हो।

उनी संक्रमित भएको पुष्टि भएपछि २ सय ६० जनाको थ्रोट स्वाब संकलन गरिएको थियो। त्यसमध्ये अझै केहीको रिपोर्ट आउन बाँकी नै छ।