चीनले तथ्य लुकाएको कोरोना संक्रमितको रहस्य खुल्यो: सेनाबाट भयो लिक
एजेन्सी- विश्वभर आलोचना भैरहेको चीनको गोप्य तथ्य खुलेको छ । चीनकै वुहानबाट सुरुवात भएको कोरोना संक्रमित तथा कोरोनाका कारण मृत्यु हुनेको संख्या चीनले लुकाएको आरोप लागिरहेका बेला यस्तो तथ्य खुलेको हो ।
चीनले कोरोना भाइरसबाट संक्रमितको तथ्य लुकाएको वास्तविक रहस्य दुनियाको चर्चित पत्रिका डेलीमेलले खुलाएको छ ।
शुरुवात देखि नै कोरोना भाइरसको केसहरु लुकाउँदै आइरहेक कुरा अमेरिका सहित विश्वका विभिन्न देशहरुले आरोप लगाउंदै आइरहेका छन् । नयाँ खुलासा अनुसार चीनमा संक्रमितको जम्मा संख्या ८४ हजार नभएर ६.४ लाख रहेको पाइएको छ। यो जानकारी सैन्य संस्थाबाट लीक भएको जनाइएको छ ।
चीनले आधिकारिक रुपमा आफ्नो देशमा ८४ हजार २९ जनालाई मात्र कोरोनाको संक्रमण भएको बताएको छ । तर चांग्सामा रहेको नेशनल यूनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजीबाट लीक भएको डेटाका अनुसार चीनमा जम्मा कोरोना संक्रमितको संख्या ६.४ लाख भएको दाबी गरिएको छ ।
लीक भएको डाटामा देशका २३० शहरका ६.४ लाख मानिसहरु भएको बताइएको छ । सबै डेटालाई कन्फर्म केसको रुपमा हेरिएको छ । यो डाटा फेब्रुअरीको शुरुवातबाट अप्रिलको अन्तिमसम्मको हो । यस डाटामा केहि लोकेशन पनि सामेल रहेको जनाइएको छ ।
अस्पताल रिहायशी अपार्टमेन्ट, होटल, सुपरमार्केट, रेल्वे स्टेशन, रेष्टुरेण्ट, स्कूल र केएफसीको केहि ब्रान्च सामेल छन् । सबै जोड्दा यो आँकडा थोरैमा पनि ६.४ लाख पुग्छ ।
चीनमाथि विभिन्न देशहरुले कोरोनासम्बन्धी विभिन्न आरोप प्रत्यारोप लगाईरहेका छन् । अमेरिका सहित विभिन्न देशहरुले चीनको कोरोनाबाट संक्रमित र मृतकको सत्य आँकडा लुकाएको बताइरहेका छन् । तर चीनले भने आफू कोरोना भाइरससँग लडेर जित्न सफल भएको दाबी गरिरहेको छ ।
सेन्टर फर डिसिज कन्ट्रोलले फोरन पोलिसी र रिपोर्टमा केहि पनि कुरा भनेको छैन । तर विश्व स्वास्थ्य संगठनले यस्तो कुनै पनि डेटाबेसको जानकारी नरहेको बताएको छ ।