चीनमा आठ नयाँ संक्रमित थपिए - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

चीनमा आठ नयाँ संक्रमित थपिए



एजेन्सी- चीनमा पछिल्लो २४ घण्टामा कोभिड-१९ को आठ नयाँ बिरामी फेला परेका छन्।

गत बिहीबार चारजना नयाँ बिरामी फेला परेका थिए। पछिल्लो २४ घण्टामा देखिएका नयाँ बिरामीमध्ये ६ जना विदेशबाट चीन फर्केका थिए।

अरू दुई बिरामी जिलिन प्रान्तका हुन्। र, उनीहरूलाई स्थानीयस्तरमै संक्रमण भएको हो।

यस्तै, लक्षण नदेखिएका ११ बिरामी फेला परेका छन्। गत बिहीबार पनि ११ जना लक्षण नदेखिएका बिरामी फेला परेका थिए।

कोरोना भाइरसको उद्‍गमस्थल चीनमा हालसम्म ८२ हजार नौ सय ४१ जनामा संक्रमण देखिएको छ। तीमध्ये चार हजार ६ सय ३३ जनाले ज्यान गुमाएका छन्।