दाङ घर बताइएका सङ्क्रमित टिचिङ अस्पतालका स्टाफ: बिरामीको उपचार गर्दा संक्रमण - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

दाङ घर बताइएका सङ्क्रमित टिचिङ अस्पतालका स्टाफ: बिरामीको उपचार गर्दा संक्रमण



काठमाडौं- पछिल्ला सङ्क्रमितहरू मध्ये दाङ घर बताइएका कोरोना सङ्क्रमित काठमाडौंस्थित शिक्षण अस्पतालका कर्मचारी रहेको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रबार साँझ सार्वजनिक विवरणमा दाङ तुलसीपुर-७ का भनिएका ति व्यक्ति काठमाडौंमै बस्ने गरेको भेटिएको हो ।

सङ्क्रमित ति व्यक्तिको स्थायी ठेगाना तुलसीपुर ७ नै भएपनि उनको कार्यस्थल शिक्षण अस्पताल रहेको र लामो समयदेखि काठमाडौंमै बसिरहेक थिए ।

शिक्षण अस्पतालमा कार्यरत उनलाई बिरामीको उपचार गर्ने क्रममा कोरोना संक्रमण भएको आशंका गरिएको छ। यसअघि अस्पतालमै उपचाररत एक ७ वर्षीया बालिकामा कोरोना संक्रमण भेटिएको थियो।

बालिकामा संक्रमण भेटिएपछि उनको सम्पर्कमा आएका शिक्षण अस्पतालका कर्मचारीहरुलाई क्वारेन्टाइनमा राखेर परीक्षण गरिएको थियो। परीक्षणका क्रममा एक जनाको पोजेटिभ देखिएको हो।

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले पनि हाल त्यहाँ रहेका व्यक्ति नभई काठमाडौंकै अस्पतालमा कार्यरत कर्मचारी रहेको बताएका छन्।