काठमाडौं महानगरका ३१ कर्मचारीमा कोरोनाको आशंका: आरडीटीमा पोजेटिभ - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

काठमाडौं महानगरका ३१ कर्मचारीमा कोरोनाको आशंका: आरडीटीमा पोजेटिभ



काठमाडौं । काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ। उनीहरुमा शुक्रबार आरडीटी विधिबाट कोरोना परीक्षण गरिँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुखले ३१ जनालाई आरडीटीमा पोजेटिभ देखिएको बताएका छन् ।

उनकाअनुसार आज महानगरपालिकाका फोहोरमैला उठाउने कार्यमा खटिनेसहित चालक, स्वयमसेविका लगायतका कर्मचारीमा कोरोना परीक्षण गर्दा २१ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

उनका अनुसार आज ६६४ जनामा आरडीटी टेस्ट र २६८ जनामा पीसीआर विधिबाट परीक्षण गरिँदा आरडीटी गरिएका ६६४ जनामध्येबाट ३१ जनामा कोरोना पोजेटिभ आएको हो । पीसीआरकाे रिपोर्ट भने आउन बाँकी छ ।

यस्तै आरडीटी पोजेटिभ देखिएका ३१ जनामा पीसीआर विधिबाट परीक्षण गरिएपछि मात्रै कोरोना भए-नभएको पुष्टि हुने उनले बताए । उनका अनुसार उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको छ ।