सरकारको नीतिका कारण कोरोना संक्रमण फैलन पाएन: राष्ट्रपति - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

सरकारको नीतिका कारण कोरोना संक्रमण फैलन पाएन: राष्ट्रपति



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएको नीतिका कारण नेपालमा कोरोना संक्रमण फैलन नपाएको बताएकी छन्।

शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७७-७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सरकारले अबलम्बन गरेको स्पष्ट नीति, समान्वयात्मक भूमिकाका कारण नेपालमा सबैको जीवन रक्षा गर्न सफल भएको बताएकी हुन्।

‘सरकारले अबलम्बन गरेको स्पष्ट नीति, समन्वान्यमक भूमिकाका कारण यस रोगको संक्रमणको सवैको जीवन रक्षा गर्न हामी सफल भएका छौं। संक्रमण फैलन नदिने आगामी दिनमा सतर्कता समन्वय र एकता आवश्यक छ,’उनले भनिन्।