रावलका अङ्गरक्षकलाई कोरोना संक्रमण भएपछि स्थायी समिति बैठक स्थगित - Himal Post Himal Post
  • १३ माघ २०८१, आईतवार
  •      Sun Jan 26 2025
Logo

रावलका अङ्गरक्षकलाई कोरोना संक्रमण भएपछि स्थायी समिति बैठक स्थगित



काठमाडौं- पूर्वमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य भिम रावलका अङ्गरक्षकलाई कोरोना संक्रमण भएपछि नेकपाको स्थायी समिति बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजे शुरु हुने भनिएको नेकपा स्थायी समितिको बैठक स्थगित भएको हो ।काठमाडौं र भक्तपुरमा समेत कोरोना संक्रमण देखिएका कारणले बैठक स्थगित गर्ने निर्णय भएकाे हाे ।

सबैलाई भर्खरै सबैलाई खबर गरिएको कार्यालय सचिव कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । स्थायी समिति सदस्यहरुलाई बैठक स्थगितको सूचना मोबाइलमा मेसेजबाट भर्खरै पठाएको उनले बताए ।

उनले भने, “स्थायी समिति सदस्यहरुको पनि स्वास्थ्य परीक्षण भएको छैन, त्यसैले संक्रमणको जोखिम हुन सक्ने भएकाले बैठक स्थगित गर्ने निर्णय भएको हो ।”

भक्तपुरको दुवाकोटका संक्रमित स्थायी समिति सदस्य भीम रावलको सुरक्षाकर्मी भएको खुलेको थियो । एक स्थायी समिति सदस्यले भने, “हामी को कति जोखिममा छौं भन्ने परीक्षण भएको छैन । त्यसैले बैठक स्थगित गर्ने निर्णय भएको हो ।”

नेकपा स्थायी समितिको बैठक पार्टी कार्यालय धुम्बराहीमा बस्ने गरी सदस्यहरुलाई हिजो अपरान्ह खबर गरिएको थियो ।

बिहान ११ बजेका लागि समय दिइए पनि एजेण्डा भने दिइएको थिएन । तर दुवै अध्यक्षले सम्बोधन गर्ने तयारी थियो ।