उपत्यकामा भेटिएका तीन संक्रमित: तराईबाट पास बनाएर भर्खरै आएका थिए - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

उपत्यकामा भेटिएका तीन संक्रमित: तराईबाट पास बनाएर भर्खरै आएका थिए



काठमाडौं – काठमाडौं उपत्यकामा भेटिएका तीन जना कोरोना संक्रमित सबै लकडाउन छिरेको खुलेको छ। ती मध्ये भक्तपुरका दुई र काठमाडौं चन्द्रागिरि नगरपालिका ९ की ३३ वर्षिया महिला छन्।

काठमाडौंकी महिला बैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएको खुलेको छ। लकडाउन हुनुभन्दा पहिले नै पारिवारीक कार्यक्रमको लागि कञ्चनपुरको महेन्द्रनगर गएकी उनी त्यसपछि आइतबार मात्र नीजि गाडीको पास बनाएर काठमाडौं आएकी हुन्।

काठमाडौ आउनासाथ शसस्त्र प्रहरीले उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो। स्वास्थ्यकर्मीहरुको टोलीले उनलाई टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याएर भर्ना गरेकाछन्।

यस्तै भक्तपुर निवासी २५ वर्षिया महिला पनि सुनसरीबाट बैशाख २९ गते नै काठमाडौ आएको खुलेको छ। उनी मोटरसाइकलको पास बनाएर काठमाडौं आएकी हुन्। काठमाडौं आइसकेपछि ठिमीस्थित साथीकै कोठामा बसेकी उनलाई अहिले टेकु अस्पताल लगिएको छ।

भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि तराइबाट आएको स्वास्थ्य मन्त्रलायल स्रोत बताउँछ। केहीदिन अगाडी काठमाडौ आउने सवारी पास बनाएर काठमाडौ छिरेका थिए। त्यसपछि दुवाकोटस्थित आफ्नै डेरामा बसेका थिए।