पाँच दिनमा २५ हजार मानिस काठमाडौं भित्री, बढ्दै संक्रमणको जोखिम - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

पाँच दिनमा २५ हजार मानिस काठमाडौं भित्री, बढ्दै संक्रमणको जोखिम



काठमाडौं- पछिल्लो पाँच दिनमा करिब २५ हजारजना विभिन्न नाकाबाट उपत्यका भित्रिएका छन् ।

जसमध्ये धेरैजसो अत्यावश्यक सामान बोक्ने सवारी लिएर आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार उपत्यकामा दैनिक करिब तीन हजार सवारीसाधन भित्रिने गरेका छन् ।

जसमध्ये अधिकांशमा चालकबाहेक थप व्यक्ति हुने गरेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

पासका आधारमा बाहिरबाट आएकाहरूले कोरोना संक्रमण फैलाउन सक्ने जोखिम छ । ‘सांसदहरूको गाडीमा ५–६ जना आएका छन्,’ एक प्रहरी अधिकारीले भने, ‘केही थप कार्यालय खुल्ने भएपछि सरकारी कर्मचारी पनि आएका छन्, उनीहरूबाट संक्रमण फैलने जोखिम छ।’

गृह मन्त्रालयले लकडाउनमा कहिले कडाइ तथा कहिले खुकुलो गर्दै आएको छ । उपत्यकाका मुख्य सडकमा धेरै भीड नभए पनि भित्री सडक र पसलमा भीडभाड हुने गरेको छ।

खाद्यान्न तथा तरकारी खरिदमा सामाजिक दूरी अपनाइएको छैन । पसल सञ्चालकले पनि सुरक्षा नअपनाउँदा जोखिम बढेको छ।