नेपालमा कोरोना संक्रमित थपिए: कुल संक्रमित २१७ - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

नेपालमा कोरोना संक्रमित थपिए: कुल संक्रमित २१७



काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या थपिएको छ । मंगलबार तीनपटक गरी ८३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा साँझ ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि मंगलबार दिउँसो मात्रै ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१७ पुगेको छ। मंगलबार दिउँसो मात्रै कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९, पर्सामा ३९ र बारा जिल्लामा १ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए।

यसअघि सोमबार रुपन्देही, कपिलवस्तु, बर्दिया र सप्तरीमा २४ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए। नेपालमा भेटिएकामध्ये हालसम्म ३३ जना निको भएर घर फर्किएका छन्। नेपालमा अहिलेसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

नेपालमा सबैभन्दा पहिले गत माघमा चीनबाट आएका युवकमा कोरोना देखिएको थियो। नेपालमा कोरोना संक्रमितको संख्या सय पुग्न दुई महिनाभन्दा धेरै समय लागेको थियो। तर सय पुगेसँगै कोरोना संक्रमितहरु दैनिक दर्जनौंको संख्यामा भेटिन थालेका हुन्।

प्रदेश अनुसार संक्रमित एक नम्बर प्रदेशमा-३६ जना दुई नम्बर प्रदेशमा-७१ जना बागमती प्रदेशमा-७ जना गण्डकी प्रदेशमा-२ जना पाँच प्रदेशमा-७० जना कर्णाली प्रदेशमा-० जना सुदूरपश्‍चिम प्रदेशमा-५ जना