फेरि पक्राउ परे ज्ञानेन्द्र शाही - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

फेरि पक्राउ परे ज्ञानेन्द्र शाही



काठमाडौं- ज्ञानेन्द्र शाही फेरि पक्राउ परेका छन् । लकडाउन उल्लंघन गरेको आरोपमा शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार दिउँसो उनलाई काठमाडौंस्थित थापाथलीबाट पक्राउ गरेको महानगरीय प्रहरीले जनाएको छ ।

भारतले लिपुलेकमा सडकविस्तार गरेको विरोधमा ज्ञानेन्द्र शाही प्रदर्शन गर्न निस्केका थिए। उनलाई प्रहरीले पक्राउ गरी पुलिस क्लबमा राखेको छ।

त्यस्तै मंगलबार मात्रै सीमाको विषयलाई लिएर काठमाडौंका विभिन्न स्थानमा विरोध गर्न निस्केका ६५ जनालाई नियन्त्रणमा लिएको छ। भारतीय

राजदूतावास अगाडिबाट पनि कृष्ण पडाडी लगायत २२ अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको थियो।