को हुन् कपिलवस्तुमा भेटिएका १० जना सङ्क्रमित ? - यस्तो छ विवरण - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

को हुन् कपिलवस्तुमा भेटिएका १० जना सङ्क्रमित ? – यस्तो छ विवरण



काठमाडौं- कपिलवस्तुमा सोमबार १० जना संक्रमित थपिएका छन् । उनीहरू सबै जना जना पुरुष रहेका र उनीहरू मध्ये केहि सबै मुम्बई शहरबाट आएको खुलेको छ।

उनीहरू मध्ये केहि केहिदिन अगाडी मुम्बईबाट आएका र लुकेर बसिरहेको बताइएको छ ।

यसअघि संक्रमित पुष्टि भएका ५ जना युवक पनि भारतको मुम्बईबाट नै नेपाल भित्रिएका थिए। आज संक्रमित १० जना मध्ये पनि केहि लुकिछिपि रातिको समयमा भारतबाट नेपाल प्रवेश गरेका हुन्।

सोमबार पुष्टि भएका संक्रमित भएकामध्ये दुईजना बुद्धभूमि नगरपालिका वडा नम्बर ७ र १० का र बाँकी ८ जना यशोधरा गाउँपालिका-५ का छन्।

रातिको समयमा लुकेर नेपाल प्रवेश गरेको थाहा पाएलगत्तै उनीहरूलाई नजिकैको क्वारेन्टाइनमा राखिएको थियो।

केन्द्रबाट पठाएको टोलीले केहीदिन अघि २९० जनाको स्वाब नमूना संकलन गरेको र तीमध्ये आजसम्म ९९ जनाको परीक्षण रिपोर्ट र त्यसमा १० जनामा संक्रमण देखिएको पुष्टि भएको छ भने आन्यको आउन बाँकी छ ।

संकलन गरिएका नामुमा मध्य थप १९१ जनाको नमूना परीक्षण हुन बाँकी रहेको छ। यसअघि पनि सोही क्षेत्रका ६५ जनाको नमूना संकलन गरिएको थियो। तीमध्येका पाँचजनामा संक्रमण पुष्टि भइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कोभिड १९ पुष्‍टी भएकाहरूमा १८, १९, २४, ३०, ३१ वर्षका एक/एक र २० र ३४ वर्षका दुई/दुईजना छन् भने अर्का एकजनाको उमेर खुलेको छैन।

संक्रमित सबैजना पुरुष हुन्। यो सँगै नेपालमा संक्रमितको संख्या १२० पुगेको छ।

अहिलेसम्म ३१ जना निको भएर घर फर्किसकेका छन्। संक्रमित भेटिएका सबैको स्वास्थ्य सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

कपिलवस्तुमा आज संक्रमित भेटिएका १० जनालाई रुपन्देहीमा रहेको बुटवल कोरोना अस्पतालमा लैजाने तयारी भइरहेको छ।