कोरोनाविरुद्ध लड्न अब देशभर निशुल्क होमियोप्याथिक औषधि - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

कोरोनाविरुद्ध लड्न अब देशभर निशुल्क होमियोप्याथिक औषधि



काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकलिपक चिकित्सा विभागले ‘आयुर्वेद र रोकथाम उपायहरूको लागि वैकल्पिक चिकित्सा दिशानिर्देश र नेपालमा कोभिड–१९ को लागि प्रोटोकोल’ तयार गरी होमियोप्याथिक उपचार पद्धतीको समेत प्रोटोकल तयार पारेको छ ।

नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तलले आज आइतबार प्रेस सम्मेलन मार्फत सो जानकारी गराएका हुन् ।

होमियोप्याथिक औषधी कोरोना विरुद्ध फ्रन्ट लाइनमा काम गर्नेहरूलाई यसअघि नै वितरण गरिएको भएपनि अब आम नागरिकलाई पनि उपलब्ध गराउने उनले जानकारी दिए । उत्पादन र वितरणको जिम्मा परिषद्ले लिएको छ ।

विश्वका विभिन्न देश लगायत छिमेकी मुलुक भारतमा आयुस मन्त्रालयको पहलमा यो उपचार पछि कोभिड–१९ विरुद्ध राम्रो परिणम देखाएकाले नेपालमा पनि प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे । ‘आर्सेनिकम एल्बम ३० सि शनिबारबाट प्याकिङ गरेका हौं अब मंगलबारबाट वितरण गछा’ैं– उनले भने । पहिलो चरणमा २ लाख परिवारलाई वितरण गर्ने लक्ष्य रहेको पनि उनले बताए । ‘काठमाडौंबाट हामी शुरुवात गछौं’–उनले भने ।

‘आर्सेनिकम एल्बम ३० सि’ को बारेमा व्याख्या गर्दै डा. कमल चित्रकारले नेपालमा यो होमियोप्याथिक औषधी वैकल्पिकको रुपमा रहने बताए । ‘आर्सेनिकम एल्बम ३० सि’ रोकथामको उपाय मात्र नभएर नियन्त्रणको माध्यम पनि बन्ने उनको भनाई छ ।

इटालि र भारतको उदहारण दिँदै उनले नेपालमा पनि यो प्रभावकारी हुने बताए । ‘भारतमा ७००० मा प्रयोग गरिएको थियो र नतिजा राम्रौ आएको छ ‘-उनले भने ।

‘आर्सेनिकम एल्बम ३० सि’ सबै उमेरका समूहले प्रयोग गर्न सक्ने उनले जानकारी दिए । यसको कुनै पनि नकरात्मक असर नभएको र रोग प्रतिरोधक क्षमता बढाउने बताए । अन्य रोगहरू लागेको खण्डमा पनि आर्सेनिकम एल्बम ३० सिन को प्रयोगले सो रोग र्निमूल हुने उनको भनाई छ ।

‘आर्सेनिकम एल्बम ३० सि’ को होमियोप्याथिक औषधी २ गोली बिहान खाली पेटमा ३ दिनसम्म र त्यसपछि २ गोली प्रत्यक हप्तामा आवश्यकता अनुसार महामारी नियन्त्रण नहुँदासम्म प्रयोग गर्ने उनले बताए । होमियोप्याथिक औषधीको सेवनपछि पनि सामाजिक दुरी कायम गर्ने, हात धुने, माक्सको प्रयोग पनि निरन्तर गर्नु पर्ने उनको भनाई छ ।

मारवाडी सेवा समिति नेपालका वरिष्ठ सदस्य महावीर घिराईयाले एउटा सानो भाडोमा ७५ देखि ८० गोली हुँने बताए । यो ६ जना परिवारको लागि हुने उनको भनाई छ । शुरुमा एक देखि २ लाख परिवालाई वितरण गरिने उनको भनाई थियो । त्यसैगरि वितरणको लागि काउण्टरहरू राखिने बताए ।

‘कालिमाटी, गौशला, चाबहेल, कुलेश्वर, कमलपोखरीमा काउन्टर राख्निे भएको छ । अन्य ठाँउहरूको अध्ययन जारी छ’– उनले भने । त्यसैगरी उनले लकडाउनको बेलमा ७००० परिवारलाई राहत वितरण गरेको पनि जानकारी गराए ।

त्यस्तै परिषद्का उपाध्यक्ष कैलास चन्द्र गोयलले देशभर रहेको ३८ वटा मारवाडी सेवा समितिले राहत वितरण गरेको बताए । माक्स, स्यानिटाइजर, पीपीइ सेट, पञ्जा आदी पनि वितरण गरिएको उनले जनाए ।आर्सेनिकम एल्बम ३० तोकिएको स्थानबाट निशुल्क पाइन्छ । यसको लागि ९ बटा होमियोप्याथिक समुहरूको सहकार्य रहेको छ ।

पशुपति होमियोप्याथिक अस्पताल, अखिल नेपाल होमियोप्याथिक एशोसियशन, भक्तपुर होमियोप्याथिक मेडिकल कलेज, होमियोप्याथी फाउण्डेशन नेपाल, नेपाल होमियोप्याथिक चिकित्सक संघ, एशियन होमियोप्याथिक मेडिकल लिग, नेपाल राष्ट्रिय मारवाडी परिषद्, मारवाडी सेवा समिति नेपाल र नेपाल होमियोप्याथिक हेल्थ अर्गा नाइजेशन को सहकार्य छ ।