वुहानमा एक महिनापछि फेरी भेटिन थाले कोरोना संक्रमित - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

वुहानमा एक महिनापछि फेरी भेटिन थाले कोरोना संक्रमित



काठमाडौं- कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहानमा एक महिनापछि पहिलो संक्रमित भेटिएका छन्। शनिबार नयाँ संक्रमित भेटिएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ।

वुहानमा मे ३ तारिखयता नयाँ संक्रमित देखिएका थिएनन्। विश्वमै पहिलो कोरोना भाइरस संक्रमितका रुपमा गत डिसेम्बरमा वुहानमा विरामी भेटिएका थिए।

चीनको नेशनल हेल्थ कमिसनका अनुसार शनिबार देशभर १४ जना नयाँ संक्रमित भेटिएका छन्। चीनमा अप्रिल २८ तारिखयता एकै दिन सबैभन्दा बढी संक्रमण पुष्टि भएको हो।

शुक्रबार एक जना मात्र नयाँ संक्रमित भेटिएका थिए। शनिबार संक्रमण पुष्टि भएकामध्ये चीनको जिलिन प्रान्तस्थित सुलान शहरका ११ जना छन्।

नेशनल हेल्थ कमिसनले सुलान शहरमा बुधबार संक्रमण पुष्टि भएकी एक महिलाबाट ती व्यक्तिहरुमा संक्रमण फैलिएको जनाएको छ। संक्रमित सबैमा कोरोना भाइरस संक्रमणका कुनै लक्षण नदेखिएको कमिसनको भनाई उदृत गर्दै रोयटर्सले जनाएको छ।

चीनमा हालसम्म ८२ हजार ९ सय १ जना संक्रमित भएका छन्। तीमध्ये चार हजार ६ सय ३३ जनाको ज्यान गएको छ।