सदनमै भीम रावलको आक्रोश: भारतीय सेना फिर्ता गर्न सरकारलाई कसले छेक्यो ? - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

सदनमै भीम रावलको आक्रोश: भारतीय सेना फिर्ता गर्न सरकारलाई कसले छेक्यो ?



काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भीम रावलले नेपाली भूमिबाट भारतीय सेना हटाउन सरकारसँग माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रावलले भारतीय सेना फिर्ता गर्न सरकारले कस्तो काम गरिरहेको छ ? भन्दै जवाफ मागेका छन् ।

‘सर्वप्रथम नेपाली भूमिमा भारतले अतिक्रमण गरेकोमा सम्पूर्ण नेपाली जनताको तर्फबाट त्यसको निन्दा गर्न चाहान्छु । त्यो अन्तराष्ट्रिय कानुनविरुद्ध छ । असल छिमेकी नीतिकोविरुद्ध छ । र त्यो आजको सभ्य समाजकोविरुछ । त्यसकारण त्यो काम तुरुन्त बन्द होस् र त्यहाँबाट भारतीय सेना फिर्ता होस् । भारतीय सेना फिर्ता गर्नेतर्फ नेपाल सरकारले के गरिरहेको छ ?’, उनले भने ।

त्यस्तै उनले सरकारलाई भारतले ओगटेको नेपाली भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्न माग गरेका छन् । उनले नक्सा सार्वजनिक गर्न केले अफ्ठ्यारो पार्यो भन्दै सदनले त्यो गाँठो फुकाउने बताए ।

‘भारतले आफ्नो भूमि नभएको ठाउँमा नक्सा प्रकाशित गर्ने अनि नेपालको आफ्नो भूमि राखेर नेपालको नक्सा प्रकाशित गर्न सरकारलाई के गाह्रो भइरहेको छ ? त्यो गाह्रो यहाँ आओस् सदनले त्यो गाह्रो फुकाउन अग्रसरता लिन्छ’, उनले भने ।