प्रचण्डले भने: अब चीनसँग पनि वार्ता गर्नुपर्छ
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग कूटनीतिक पहलबाट सीमा विवाद समाधान नभए के गर्ने भन्ने निर्णयमा सरकार छिटै पुग्नुपर्ने बताएका छन् ।
सांसदहरूले लिपुलेकको विषयमा अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएपनि प्रचण्डले भने अहिले नै निर्णय गर्ने बेला भइनसकेको संकेत गरे ।
‘‘अहिले नै अन्तर्राष्ट्रिय अदालतमा जाने बेला भयो कि भएन सोचौं,’’ उनले भने । उनले परराष्ट्र मन्त्रालयको विज्ञप्ति ठीक भएको भन्दै बचाउसमेत गरे ।
बैठकमा नेमकिपा सांसद प्रेम सुवाल र कांग्रेस सांसद अमरेशकुमार सिंहले परराष्ट्रको विज्ञप्तिमा जारी गर्नेको नाम र हस्ताक्षर नभएको भन्दै आलोचना गरे पनि प्रचण्डले बचाउ गरे । प्रचण्डले लिपुलेकबारे चीन-भारत दुवैसँग वार्ता गर्नुपर्ने पनि बताए ।